२०६३ सालमा नेपाली नागरिकता लिएर व्यापार गर्दै आएका ​​​​​​​भारतीय नागरिक पक्राउ

२०६३ सालमा नेपाली नागरिकता लिएर व्यापार गर्दै आएका ​​​​​​​भारतीय नागरिक पक्राउ

काठमाडौं : नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरी स्थायी घर भएका रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जैसवाल समेत भएको नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले वि. सं २०६३ मा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ। 

यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधार कार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमति पत्र समेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ। 

जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाई अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।

असोज ८, २०८० सोमबार १३:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।