वडादशैं जुत्ता चप्पल व्यापार मेला असोज १० गते देखि सुरु हुने

वडादशैं जुत्ता चप्पल व्यापार मेला असोज १० गते देखि सुरु हुने

काठमाडौं : ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ।

उक्त मेला असोज १० गते देखि कार्तिक ३ गते सम्म आयोजना हुन लागेको हो।

‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको बीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ उक्त मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

असोज ८, २०८० सोमबार १३:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।