होण्डाको दशैंमा दश लाख योजना सार्वजनिक

होण्डाको दशैंमा दश लाख योजना सार्वजनिक

काठमाडौं : होन्डा मोटरसाइकल तथा स्कुटरको दशैं स्कीम सार्वजनिक भएको छ। कम्पनीले होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाखसम्म जित्न सकिने स्कीम सार्वजनिक गरेको हो।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको दुईपाँग्रे खरिदमा स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ स्कीम सार्वजनिक गरेको हो।

सोही स्कीममा ग्राहकले स्क्रयाचका अलावा अर्को स्क्रयाच वा ५ वर्षको वार्षिक मेन्टिनेन्स खर्चको स्कीम छनोट गर्न सक्नेछन्। साथै यो स्कीममा होन्डाका विग बाइक किन्ने ग्राहकले १ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, फाइनान्समा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहाने ग्राहकले १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन्।

यो स्किम होन्डाको देशभर रहेका शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ।

असोज ८, २०८० सोमबार १३:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।