सल्यान जीप दुर्घटना अपडेट : मृतक दुवैको सनाखत

सल्यान जीप दुर्घटना अपडेट : मृतक दुवैको सनाखत

दाङ : सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परि मृत्यु भएका दुई जनाको परिचय खुलेको छ।

मृत्यु हुनेमा दाङको तुलसीपुर–१८ का अन्दाजी २५ वर्षीय भक्तबहादुर घर्ती र ५० वर्षीय गणेश बुढा रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा परि दाङको तुलसीपुर–२ का ३५ वर्षीय नारायण योगी घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

असोज ८, २०८० सोमबार १२:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।