सानिमा बैंकको सेवा मुल्याङ्कन अब क्युआर कोड मार्फत
काठमाडौं : सानिमा बैंकले ग्राहकले सम्पूर्ण कार्यालयहरुमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्न मिल्ने सुविधा ल्याएको छ।
बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मूल्याङ्कन गर्न यो सुविधा ल्याएको जनाएको छ।
सानिमा बैंकका सेवाग्राहीले क्युआरमार्फत बैंकको सेवाको अनुभव मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्।
बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ।
क्युआर कोड स्क्यान गरी ग्राहकले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्।
बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको विज्ञप्तिमा उल्लेख छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
असोज ८, २०८० सोमबार १२:०९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।