एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा

एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा

काठमाडौं : एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आज (सोमबार) देखि काठमाडौंमा सुरु हुँदैछ। अधिवेशनको बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रेहेको छ।

अधिवेशनको बन्द सत्र मंगलबार प्रज्ञा भवन कमलादीमा हुनेछ। करिब एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार दुई सय प्रतिनिधि चुनिएर आएका छन्।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भएको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनेछ।

असोज ८, २०८० सोमबार ११:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।