सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

तुलसीपुर : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप आज (सोमबार) बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्तकको पहिचान हुन सकेको छैन। 

असोज ८, २०८० सोमबार ११:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।