प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच बेइजिङमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच बेइजिङमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) चिनियाँ जनकंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता गरेका छन्।

बेइजिङको ग्रेटहल अफ दि पिपलमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारेका थिए।

भेटमा प्रचण्डले यस भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको बताए।

असोज ८, २०८० सोमबार ०९:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।