विश्वकप अघि भारतले जित्यो अस्ट्रेलिया विरुद्धको सिरिज
एजेन्सी : विश्वकप अघि भारतले अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको उपाधि जितेको छ।
तीन खेलको सिरिजमा लगातार दुई खेल जित्दै घरेलु टोली भारतले एक खेल अगावै सिरिजमा २-० को अग्रतासँगै उपाधि आफ्नो पक्षमा पारेको हो।
गए राति भएको दोस्रो खेल भारतले डकवर्थ लुइस नियमको आधारमा ९९ रनको जित निकालेको हो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले आक्रामक खेल देखाउँदै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रनको योगफल तयार पारेको थियो। जसका लागि भारतका दुई खेलाडीले शतक प्रहार गरे।
ओपनर शुभमन गिलले ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ४ रन जोड्दा श्रेयस अय्यरले ९० बलमा ११ चौका र ३ छक्काको मद्दतले १ सय ५ रनको योगदान गरे।
जवाफमा वर्षाका कारण डकवर्थ लुइस नियमको आधारमा ३३ ओभरमा ३१७ रनको लक्ष्य पाएको अस्ट्रेलिया २९ औं ओभरमा २ सय १७ रनमै अलआउट भयो।
अस्ट्रेलियाका लागि शेन एबोटले ५४ र डेविड वार्नरले ५३ रन जोडे पनि अन्य ब्याटर टिक्न सकेनन्। भारतका लागि रविन्द्र जडेजाले र रविचन्द्रन आश्विनले ३/३ विकेट लिएका थिए।
असोज ८, २०८० सोमबार ०८:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।