प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीबीच आज भेटवार्ता

प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीबीच आज भेटवार्ता

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) चिनियाँ समकक्षीसँग  द्विपक्षीय भेटवार्ता गर्दै छन्।

प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा भेटवार्ता हुन लागेको हो। 

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्ताका लागि ग्रेटहल अफ दि पिपलमा पुगेका प्रधानमन्त्री दाहालाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको थियो। 
 
नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीचमा विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना पनि गरेका छन्।

असोज ८, २०८० सोमबार ०७:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।