आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?

आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?

काठमाडौं : आज (सोमबार) कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

राति भने कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ८, २०८० सोमबार ०७:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।