‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार-२०८०’ वरिष्ठ समालोचक डाक्टर त्रिपाठीलाई

‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार-२०८०’ वरिष्ठ समालोचक डाक्टर त्रिपाठीलाई

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार २०८०’ वरिष्ठ समालोचक प्राध्यापक डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ।

राष्ट्रकवि घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षका ‘माधव घिमिरे पुरस्कार’ त्रिपाठीलाई प्रदान गरेका हुन्।

कार्यक्रममा मस्र्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरे।

राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका क्षेत्रमा विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णयअनुसार पहिलो पटक प्राध्यापक डा. त्रिपाठीलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा पुरस्कार छनौट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे थप प्रकाश पारेका थिए। 

असोज ७, २०८० आइतबार १८:१०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।