चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ र १३ मा, सुरक्षित स्वास्थ्य सेवा प्रवाह मूख्य एजेण्डा

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ र १३ मा,  सुरक्षित स्वास्थ्य सेवा प्रवाह मूख्य एजेण्डा

काठमाडौं : चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले तेस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट- २०२३) गर्ने भएको छ।

संघले यही असोज १२ र १३ गते तेस्रो ‘एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन-२०२३’ गने भएको हो।

‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबद्र्धन  : अवसर र चुनौति’ नामक सन्देशसहित राजधानी काठमाडौंमा सम्मेलन हुने संघले जनाएको छ। 

समिटमा विभिन्न छ वटा शीर्षकहरुमा नीतिगत विचार, विमर्श तथा बहस हुने संघले जनाएको छ। 

संघले आज आइतबार पत्रकार सम्मेलन गर्दै समिटमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण लगायतका बिषयमा बहस हुने जानकारी दिएको हो।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक बर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार यो वर्षको तेस्रो सम्मेलन गर्न लागेको संघले जनाएको छ। 

सम्मेलनमा बिषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्व तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहस हुने आयोजकले जनाएको छ। 

असोज ७, २०८० आइतबार १७:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।