नेपाल-चाइना बिजनेस समिटमा प्रचण्डले भने : बीआरआई कार्यान्वयनको अन्तिम तयारीमा छौँ

नेपाल-चाइना बिजनेस समिटमा प्रचण्डले भने : बीआरआई कार्यान्वयनको अन्तिम तयारीमा छौँ

काठमाडौं : प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।  

नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै उनले बीआरआई परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका हुन्।

उनले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन, सडक करिडोर, रेल रट्रान्समिसन लाइनमा काम भइरहेको उल्लेख गरे।

उनले केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताए। 

उनले भने, ’चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल–चीन पारवहन सम्झौताको कार्यान्वयन हो।’

नेपाल-चीन आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री दाहालले बताए। 

उनले  चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताए।

प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरे।

उनले जलविद्युत,कृषि,पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताए। 
 

असोज ७, २०८० आइतबार १७:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।