गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य?

गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ। 

टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेसिनहरू मर्मत सम्भार गरेर मुद्रणसम्बन्धी कार्य सुरू गरेको बताइएको छ। 

महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ। 

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी बजारमा ल्याएको हो। 

१० ग्राम सिक्काको मूल्य १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। 

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जानकारी दिएको छ। दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको बताइएको छ। 

असोज ७, २०८० आइतबार १६:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।