प्रधानसेनापति शर्मा भारत प्रस्थान, ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा सहभागि हुने

प्रधानसेनापति शर्मा भारत प्रस्थान, ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा सहभागि हुने

काठमाडौं : ‘इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा सहभागि हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। 

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरे।

भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो। 

शर्माको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने बताइएको छ। 

सम्मेलन भोलि साेमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ। सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ।

असोज ७, २०८० आइतबार १४:३०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।