शिक्षा विधेयकलाई अघि बढाउन सभामुखीय भूमिका निर्वाह गर्छु : घिमिरे

शिक्षा विधेयकलाई अघि बढाउन सभामुखीय भूमिका निर्वाह गर्छु : घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अघि बढाउन सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।

आयरल्याण्ड भ्रमण सकेर आइतबार स्वदेश फर्केका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्न बताए।

उनले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुने जिकिर गरे।

त्यस्तै, सभामुख घिमिरेले भ्रमणका क्रममा नेपाली विद्यार्थीहरुका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्थाबारे छलफल भएको जानकारी दिए।

उनले एक अर्का देशका नागरिकहरुको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे कुरा गरेको उल्लेख गरे। 

असोज ७, २०८० आइतबार १४:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।