‘अभियन्ता ईः’को पक्षमा गगन, संवादको वातावरण बनाउन आग्रह

‘अभियन्ता ईः’को पक्षमा गगन, संवादको वातावरण बनाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा सामाजिक ‘अभियन्ता ईः’को पक्षमा देखिएका छन्। उनले यस विषयमा आज (आइतबार) सामाजिक सञ्जालमा लेख्दै संवादको वातावरण बनाउन आग्रह गरे।

राष्ट्रिय सभागृह बाहिर छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरूका बारेमा काठमाडौं महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको उनले बताए।

‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ,  शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ईः लगायत साथीहरूले उठाएको मुलतः फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्,’ उनले लेखेका छन्।

साथै उनले सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कने बताए।

‘मेरो आग्रह छ निर्वाचित सरकारसँग जवाफदेहिता खोजि रहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्,’ उनले थप गरेका छन्।

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ईः ले आन्दोलन थालेका हुन्।

असोज ७, २०८० आइतबार १४:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।