प्रधानमन्त्री प्रचण्ड विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुँदै, न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा पेसी

प्रधानमन्त्री प्रचण्ड विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुँदै, न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा पेसी
फाईल फोटो

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आइतबार हुँदैछ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दर्ता गराएको अदालतको अवहेलना मुद्दामा आइतबार सुनुवाइको लागि पेसी तोकिएको छ।  

उक्त मुद्दाको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुत्त इजलासमा परेको छ। 

दाहालले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए। 

उक्त मुद्दा ६ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो।

सर्वोच्चले पाँच वर्षमाथिको मुद्दा भएकाले यसलाई अभियान फाँटमा राखेर सुनुवाइलाई प्राथमिकता दिएको छ। प्राथमिकता पाएका कारण मुद्दाको पेसी दोस्रो नम्बरमा परेको छ।

असोज ७, २०८० आइतबार १२:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।