आयोजक चीनले नै जित्यो एसियाली खेलकुदको पहिलो स्वर्ण

आयोजक चीनले नै जित्यो एसियाली खेलकुदको पहिलो स्वर्ण

एजेन्सी : एसियाली खेलकुदको पहिलो स्वर्ण पदक आयोजक राष्ट्र चीनले नै जितेको छ। 

आइतबार महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो। ‘लाइटवेट डबल स्कल्स रोइङ’ अन्तर्गत जोउ जियाकी र किउ सिउपिङले चीनका लागि स्वर्ण जितेका हुन्। 

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेण्डको टाइमिङमा दुरी तय गर्दै उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए।

उता भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ। हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ।

असोज ७, २०८० आइतबार ११:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।