इन्धन डिपोमा आगलागी हुँदा नाइजेरियामा ३४ जनाको मृत्यु, २० घाइते

इन्धन डिपोमा आगलागी हुँदा नाइजेरियामा ३४ जनाको मृत्यु, २० घाइते

एजेन्सी : नाइजेरियाको एक इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा परि मा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ। 

एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारीले जनाएका छन्।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए। 

दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको पुष्टी गरे।

यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

असोज ७, २०८० आइतबार १०:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।