प्रधानमन्त्री प्रचण्ड बेइजिङ प्रस्थान, नेपाल-चीन बिजनेस समिटमा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड बेइजिङ प्रस्थान, नेपाल-चीन बिजनेस समिटमा सहभागी हुने

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउबाट राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनि बिहान आइतबार ९ बजे बेइजिङका लागि प्रस्थान गरेका हुन्।

उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उनि बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ।

आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। 

बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ।

यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

शनिबार  प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो।  प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो।

असोज ७, २०८० आइतबार १०:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।