सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदैछ। आजका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दाको पेसी तोकिएको छ।

गत हप्ताको पेसीमा सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भए पनि उनी बिदामा भएका कारण सुनुवाइ स्थगित भएकाे थियो।

यसअघि पटक–पटक पेसी चढेर पनि किनारा पाउन नसकेको मुद्दा आज पनि सुनुवाइ हुने नहुने अन्योल छ।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो।

उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले पीडित किशोरी र उनको परिवार बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ।

सन्दीपको मुद्दालाई फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्चले गत फागुन १५ गते नै निर्देशात्मक आदेश गरेको थियो।

असोज ७, २०८० आइतबार ०८:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।