२-० ले पछि परेको बार्सिलोनाले अन्तिम नौ मिनेटमा गर्यो ३ गोल
एजेन्सी : खेलको अन्तिम ९ मिनेटमा तीन गोल गर्दै बार्सिलोनाले स्पेनिस लिगमा रोमाञ्चक जित हात पारेको छ।
२-० ले पछि परेको खेललाई उल्टाउँदै बार्साले शनिबार राति सेल्टा भिगोविरुद्ध ३–२ को पुनरागमन जित निकाल्यो। जितसँगै बार्सिलोना लिगको शीर्षस्थानमा उक्लिएको छ।
घरेलु मैदानमा खेलको ८० औं मिनेटसम्म बार्सिलोना २–० ले पछि परेको थियो। तर लेवान्डोस्कीले ८१ र ८५ औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई बराबरीमा ल्याइ पुराए।
यसपछि निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा कान्सेलोले गोल गर्दै बार्सालाई अविश्वसनीय जित दिलाए। यो जितपछि ६ खेलबाट बार्सिलोना १६ अंकसहित लिगको शीर्षस्थानमा छ।
असोज ७, २०८० आइतबार ०७:५८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।