उकेरा टप फाइभ : भारतले नागरिक मार्दा पनि चुइँक्क बोल्न नसक्ने सरकारी पारादेखि डाक्टर देवराजको संघर्षसम्म

उकेरा टप फाइभ : भारतले नागरिक मार्दा पनि चुइँक्क बोल्न नसक्ने सरकारी पारादेखि डाक्टर देवराजको संघर्षसम्म

काठमाडौं : शनिबार देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर चीनको एक साता लामो भ्रमणका लागि चीन पुगे। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्तासमेत गरे।

शनिबारै नेपाल क्रिकेट संघ (क्यान)को अधिवेशनबाट नयाँ कार्यसमिति चयन भयो। अध्यक्षमा पुनः चतुरबहादुर चन्द आए भने उपाध्यक्षमा निवर्तमान कोषाध्यक्ष रोशन सिंह र सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र कोषाधयक्षमा पदमबहादुर खड्का चुनिए।

शनिबारै चीनको हाङझाओ शहरमा एसियाली खेलकुदको उद्घाटन भयो। उक्त समारोहमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित खेलकुद मन्त्री लगायतको टिम सहभागी भयो।

राजनीतितर्फ शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालका भनाइको प्रतिवाद गरे। खनालले सत्ता गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिनुपर्ने तर्क गरिरहँदा उनी भने एकीकृत समाजवादीकै पहलमा गठबन्धन बनेकाले तत्कालका लागि गठबन्धनबाट बाहिरिँदा पार्टी झन् खुम्चिने बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शनिबार दिउँसोतिर नेपाल क्रिकेट संघको अधिवेशन केन्द्रीत रहेर समाचार लेख्यो। समाचारमा परिवर्तन पक्षधर भनिएका पारस खड्काले विवादित छविका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई साथ दिएको विषयमा उल्लेख गरिएको छ।
पूरा समाचारः चतुर बहादुरलाई पुनः क्यानको अध्यक्ष बनाउन परिवर्तनका पक्षधर पारसकै साथ

दिउँँसो नै उकेराले लुम्बिनी प्रदेशमा प्रहरी नै नभई गृह मन्त्रालय बनाइएको विषयमा समाचार लेख्यो। गृह मन्त्री र गृह मन्त्रालय नाम मात्रको र उनीहरूको अधिकार अझै पनि आन्तरिक मामिला कानून तथा तथा सहकारी मन्त्रालयकै रहेको छ।
पूरा समाचारः प्रहरी विनाका गृहमन्त्री

दिउँसो उकेराले क्यानडाका खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्या गरेजसरी नै भारतले नेपालमै आएर कयौं नेपालीको हत्या गरेको विषय उठान गर्यो। जसमा विभिन्न समयमा मारिएका कयौंको नामसमेत समावेश गरिएको छ। यसरी देशमै घुसेर भारतले नेपाली जनताको हत्या गर्दा पनि नेपाल सरकार भने चुइँक्क बोल्न नसकेको प्रसङ्ग समाचारमा उल्लेख छ।
पूरा समाचारः क्यानडामा निज्जर हत्याकै मोडलमा नेपालमै दर्जन बढी नेपाली मारिए, तर चुइँक्क बोल्न सकेन सरकार

साँझपख उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरका सुखदुःख प्रस्तुत गर्यो। यो स्तम्भमा जनरल प्राक्टिस्नर डा. देवराज घिमिरेको अनुभव र संघर्षलाई उकेराले समेट्यो। डा. घिमिरेको आमाको मृत्युपछि बुवा सन्यासी भएको र त्यसपछि पनि बडो संघर्षका साथ डाक्टरमा नाम निकालेको प्रसङ्ग धेरैका लागि उत्प्रेरणायुक्त हुनसक्छ।
पूरा समाचारः आमाको मृत्युपछि बुवा सन्यासी भए, तर देवराज डाक्टर बनेरै छाडे

र राति उकेराले पश्चिम सुर्खेतकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार भएको घटनाबारे समाचार लेख्यो। समाचारमा पाँच जना पक्राउ परेको र अनुसन्धानकाे प्रक्रिया थालिएको उल्लेख छ। साथै पीडितले प्रहरीमा दिएको बयानसमेत प्रस्तुत गरिएको छ।
पूरा समाचारः छिमेकीको घरमा नाचगान हेर्न गएकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, पाँच जना पक्राउ

असोज ६, २०८० शनिबार २२:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।