क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्रीको बधाई

क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्रीको बधाई

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिएका छन्।

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

उनले शुक्रबारदेखि सुरु भएको क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।

क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध हुनुभएको छ।

महिला सदस्यमा जयन्ती भट्ट तथा सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णाली प्रदेशबाट श्रीधर केसी पनि सर्वसम्मत भएका हुन्।

अरू पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना र खुला पाँच सदस्यका लागि निर्वाचन भएको थियो।

असोज ६, २०८० शनिबार २१:४७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।