माटो खन्न गएकी वृद्धाको ढिस्कोले पुरिएर मृत्यु

माटो खन्न गएकी वृद्धाको ढिस्कोले पुरिएर मृत्यु

बर्दिया : मधुवन नगरपालिका-३ खातामा ढिस्कोमा पुरिएर एक वृद्धाको मृत्यु भएको छ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालका अनुसार थारुको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

असोज ६, २०८० शनिबार १९:२२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।