प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट

काठमाडौं : न्यूयोर्कबाट चीनको एक हप्ते औपचारिक भ्रमणका लागि पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भेट भएको छ।

हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४:५० पछि बजे भेट भएको हो।

एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरूसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो।

भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गरे।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए।

असोज ६, २०८० शनिबार १८:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।