घरेलु क्रिकेटको संरचना सुधार हाम्रो प्राथमिकता : नवनिर्वाचित सचिव खड्का
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का नवनिर्वाचित सचिव पारस खड्काले घरेलु क्रिकेटको संरचना सुधारमा आफ्नो प्राथमिकता रहने बताएका छन्।
शनिबार भएको अधिवेशनमा सचिव पदमा निर्वाचित भएपछि सचिव खड्काले घरेलु क्रिकेटको संरचनामा सुधार गर्ने प्रतिवद्धता जनाए।
साथै उनले प्रदेश र जिल्लाको तहलाई बलियो बनाएर लैजान आफू र आफ्नो समिति लागि पर्ने बताए।
सचिव खड्काले नेपाली क्रिकेटसँग जोडिएका पक्ष/विपक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि आफूले नेपाली क्रिकेटलाई योगदान गर्नसक्ने बताए।
असोज ६, २०८० शनिबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।