क्रिकेट संघको सचिवमा पारस खड्का विजयी, ल्याए ४८ मत

क्रिकेट संघको सचिवमा पारस खड्का विजयी, ल्याए ४८ मत

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

काठमाडौंको एभरेष्ट होटलमा भएको संघको निर्वाचनपछिको मतगणनामा खड्काले ४८ मत ल्याउँदै विजयी भएको निर्वाचन समितिले जनाएको छ। यस्तै उनका निकटकतम प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए।

निर्वाचनमा ८५ जनाले मतदान गरेका थिए।

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती क्रिकेट संघको अध्यक्ष भएका खड्काले नेपाल क्रिकेट संघको सचिवमा उम्मेदवारी दिएका थिए।

उनले अध्यक्ष चतुरबहादुर चन्दसँग मिलेर चुनाव लडेका हुन्। अध्यक्ष पदमा भने पुनः चन्द भने निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, प्रदेश सदस्यमा अर्जुन पौडेल, माधवकुमार कर्माचार्य, दिवाकर घले, सुदीप शर्मा, विक्रम विष्ट चयन भएका छन्।

असोज ६, २०८० शनिबार १७:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।