नेपाल क्रिकेट संघको सचिवमा पारस खड्काको जित सुनिश्चित
काठमाडौं : नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्काको जित सुनिश्चित भएको छ।
७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३२ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ११ रहेको छ।
अब १० मत मात्रै गन्न बाँकी छ। त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका हुन्।
काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती क्रिकेट संघको अध्यक्ष भएका खड्काले नेपाल क्रिकेट संघको सचिवमा उम्मेदवारी दिएका थिए।
उनले अध्यक्ष चतुरबहादुर चन्दसँग मिलेर चुनाव लडेका हुन्। अध्यक्ष चन्द भने निर्विरोध निर्वाचित भए।
असोज ६, २०८० शनिबार १७:१५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।