चितवनको नयाँ शोरुमबाट टाटा टियागो इभी र पन्चको बिक्री आरम्भ
काठमाडौं : टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो।
३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुनेछन्।
कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नयाँ गाडीहरूको विक्रि वितरण भरतपुरमा सुरु भएको छ।
कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो।
असोज ६, २०८० शनिबार १६:२९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।