क्यानडामा निज्जर हत्याकै मोडलमा नेपालमै दर्जन बढी नेपाली मारिए, तर चुइँक्क बोल्न सकेन सरकार

क्यानडामा निज्जर हत्याकै मोडलमा नेपालमै दर्जन बढी नेपाली मारिए, तर चुइँक्क बोल्न सकेन सरकार

काठमाडौं : खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्यासँगै भारत र क्यानडाको सम्बन्ध चिसिएको छ नै, अमेरिकासमेत अहिले क्यानडाको पक्षमा उभिएको छ।

भारतमा शिखहरूको पक्षमा स्वतन्त्र देश खालिस्तानको पक्षमा काम गर्दै आएका निज्जर क्यानडामा मारिएपछि त्यहाँका प्रधानमन्त्रीले जस्टिन ट्रुडोले संसदमा जानकारी दिँदै भारतीय कुटनीतिज्ञको संलग्नतामा हत्या भएको सार्वजनिक गरे। लगत्तै एकले अर्को देशको कुटनीतिज्ञलाई देश निकाला गर्ने प्रक्रिया शुरू भयो।

क्यानडा सरकार भारतको सो हर्कतको विपक्षमा कडा देखिएको छ नै, अमेरिकाले समेत भारतलाई विशेष छुट दिन नसिकिने धारणा सार्वजनिक गरिसकेको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सलाहकार जैक सुलिवनले निज्जर हत्यामा अमेरिका, भारतलाई कुनै ‘विशेष छूट’ नदिने धारणा सार्वजनिक गरिसकेका छन्।

नेपालमा रहेको पाकिस्तानी दुतावासमा कार्यरत मेहवुव असीममाथि महाराजगञ्जमा भएको हत्या प्रयासमा नेपालमा रहेको भारतीय दुतावासका सुरक्षा अधिकारीहरू जोडिएका थिए।

क्यानडाका प्रधानमन्त्रीले नै निज्जरको हत्यामा क्यानडामा रहेका भारतीय कुटनीतिज्ञ संलग्न रहेको औपचारिक रूपमै दाबी गरिसकेका छन्। तर, भारतले आरोप अस्वीकार गर्दै आएको छ। भारतले खालिस्तानी विद्रोहीहरूलाई क्यानडाले संरक्षण दिएको भन्दै उनीहरूलाई सुपुर्दगी गर्न माग गरिरहेको छ।

तर, क्यानडाले आफ्नो खुफिया एजेन्सीसँगै फाइभआइज एजेन्सीबाट प्राप्त सूचनाको आधारमा निज्जरको हत्या योजनाका लागि क्यानडामा रहेका भारतीय कुटनीतिज्ञ बारम्बार भारत आएर योजना बनाएको दाबी गरिरहेको छ।

पाइभ आइज इन्टेलिजेन्समा अस्ट्रेलिया, क्यानडा, न्यूजील्याड, बेलायत र अमेरिका छन्। उनीहरूले एक अर्का देशसँग इन्टेलिजेन्स रिपोर्ट सार्वजनिक गर्छन्।

जुन १८ मा क्यानडाको गुरुद्वाराबाट निस्कने क्रममा गोली हानेर निज्जरको हत्या भएको थियो। निज्जर भारत टुक्राएर शिखहरूको स्वतन्त्र राष्ट्र खालिस्तान बनाउने पक्षधरका कट्टर समर्थक हुन्।

भारतीय मोडल नयाँ हैन
भारतले आफ्नो देशविरुद्ध विभिन्न गतिविधिमा संलग्न रहेको आरोपमा खुफिया एजेन्सीको योजनाका अर्को देशमा गएर व्यक्ति हत्या गर्ने मोडल नयाँ हैन। आफ्ना छिमेकी देशमा भारतीय खुफिया एजेन्सीहरूले बारम्बार यस्ता अप्रेशन चलाउने गरेको छ।

भारतीय खुफिया एजेन्सीहरूले नेपालमा बारम्बार यस्ता अप्रेशन चलाएर जाली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेकादेखि पाकिस्तानी खुफिया एजेन्सी आइएसआइसँग सम्बन्ध रहेको भन्दै पटक-पटक नेपाली नागरिकको हत्या गर्ने गरेको छ।

सांसद् तथा पूर्व मन्त्री मिर्जा दिलसाद बेगदेखि लिएर २०७९ असोजमा गोठाटारमा मारिएका लाल मोहम्मदसम्मको सुरक्षा कारबाहीको मोडल उस्तै छ। अनि अनुसन्धानको नतिजा पनि।

सिफलमा मारिएका मिर्जा दिलसाद बेग गाडीमा घर जाने क्रममा अन्धाधुन्ध गोली हानेर मारिएका थिए। अनुसन्धानमा उनको हत्या भारतीय कारागारमा रहेका बब्लु श्रीवास्तवको योजनामा भएको देखाइयो।

यसबीचमा दाउद इब्राहिमदेखि जाली भारु कारोबारमा संलग्न रहेको आरोप खेप्दै आएका जमिम शाहदेखि मुस्लिम धर्मगुरु फैजान अहमदसम्मको हत्या योजनामा कुनै न कुनै रूपमा भारतीय सुरक्षा एजेन्सीका जिम्मेवारी अधिकारीहरूको संलग्नता खुलेको थियो।

नेपालमा रहेको पाकिस्तानी दुतावासमा कार्यरत मेहवुव असीममाथि महाराजगञ्जमा भएको हत्या प्रयासमा नेपालमा रहेको भारतीय दुतावासका सुरक्षा अधिकारीहरू जोडिएका थिए।

सो घटनाबारे अनुसन्धानको नेतृत्व गरेका नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले उकेराको स्तम्भ ब्याच नम्बर ६९ मा लेखेका छन्, ‘त्यो घटनामा भारतीय दूतावासका कूटनीतिक तहका अधिकारीहरूले गल्ती महसुस गरेका थिए। त्यो घटनाले लामो समयसम्म हामीलाई पनि तनाव दियो। कतै पाकिस्तानले बदलाको अप्रेशन चलायो भने त्यसले खराब मोड लिन सक्थ्यो। तर, उनीहरूले त्यसो गरेनन्। रिसाउन चैँ खुब रिसाए।’

उनले यस्ता विषय राजनीतिक र कूटनीतिक उच्च तहमै उठायो भने समाधानको उपाय पनि निस्कन सक्ने भन्दै लेखेका छन्, ‘तर हाम्रोतर्फबाट न उनीहरूलाई विश्वस्त बनाउन सकेको देख्छु म, न त प्रमाणविनाको अप्रेसनमा दह्रोसँग आपत्ति नै जनाउन सकेको देखिन्छ।’

जमिम शाह हत्याको अनुसन्धानमा संलग्न देखिएका सुटर भारतको उत्तर प्रदेशको स्पेशल टाक्सफोर्समा कार्यरत रहेको खुलेको थियो भने केन्द्रीय कारागारमा गोली हानेर युनुस अन्सारीको हत्या प्रयासको घटनामा समातिएका मनमित सिंह भाटियाबारे अनुसन्धान गर्दा पनि उत्तर प्रदेशमा कार्यरत भारतीय सुरक्षा एजेन्सीका केही अधिकारी जोडिएका थिए।

तत्काल विरोध कम गर्न सरकारले यी सबै घटनाको अनुसन्धान गर्न भने उच्चस्तरिय आयोग गठन गरे पनि अन्य देशको खुफिया एजेन्सीको योजनामा आफ्नो देशका नागरिक आफ्नै देशमा मारिदा कहिले पनि कुटनीतिक रूपमा आपत्ति जनाउने वा ध्यानाकर्षण गराउने काम गरेन।

क्यानडा र नेपालको अप्रेशन मोडल एकै
नेपालमा भएका घटनाको अप्रेशन मोडल र क्यानडामा निज्जरको हत्यामा अपनाइएको अप्रेशन मोडल समेत मिल्छ। युनुस बाहेक मारिएका मिर्जादेखि मोहम्मदसम्मको अप्रेशन मोडल निज्जरको हत्यामा प्रयोग भएकै मोडल हुन्।

२०२३ जुन १८ को बेलुका क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको गुरुद्धवाराको पार्किङमा रहेको गाडीको चालक सिटमा निज्जर बसेका थिए। दुई युवक गएर सिधै उनलाई गोली हाने। निज्जरको त्यहीँ मृत्यु भयो।

सिफलमा मारिएका मिर्जा दिलसाद बेग गाडीमा घर जाने क्रममा अन्धाधुन्ध गोली हानेर मारिएका थिए। अनुसन्धानमा उनको हत्या भारतीय कारागारमा रहेका बब्लु श्रीवास्तवको योजनामा भएको देखाइयो।

नेपालमा आएर सहजै नेपाली नागरिकको हत्या कसले गराइरहेको छ भन्ने तथ्य न नेपाल सरकारका लागि रहस्यको विषय थियो न त सुरक्षा निकायका जिम्मेवार अधिकारीमाझ नै लुकेको विषय।

२०६६ मा लाजिम्पाटमा मारिएका जमिम शाह लाजिम्पाटको एक होटलबाट घर फर्कँदै गर्दा सडकमा गाडी रोकिएको बेलामा मोटरसाइकलमा आएका सुटरले गोली हानेर मारेर भागेका थिए। गोली हान्ने भारतीय नागरिक वकार सइद रहेको खुलेको थियो।

फैजान अहमदको हत्या घण्टाघर अगाडि सडकमै भएको थियो। विहान उनी मस्जिद जाने क्रममा सडकमा उभिएका दुई सुटरले गोली हानेर भागेका थिए। 

हालै मारिएका लाल मोहम्मद गोठाटारमा रहेको घर जानेक्रममा उनको घरै अगाडि उसैगरी मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर मारेर फरार भए।

भारतीय अपराधीको संलग्नतामा अन्य पनि मारिएका छन्। ती सबै घटनाको अनुसन्धानमा योजना भारतको उत्तर प्रदेशमा हुने गरेको र भारतीय कारागारमा रहेका बब्लु श्रीवास्तव जोडिने गरेको देखियो। अनि बब्लुसँग भारतीय खुफिया एजेन्सीका सदस्यहरूको सम्बन्ध देखिएको थियो।

नेपालमा आएर सहजै नेपाली नागरिकको हत्या कसले गराइरहेको छ भन्ने तथ्य न नेपाल सरकारका लागि रहस्यको विषय थियो न त सुरक्षा निकायका जिम्मेवार अधिकारीमाझ नै लुकेको विषय। तर, कहिल्यै नेपाल सरकारले औपचारिक रूपमा भारत सरकार समक्ष यो विषय उठाउन सकेन।

यस्तै, अप्रेशन क्यानडामा सञ्चालन गर्दा भने भारत समस्यामा परेको छ। क्यानडासँग कुटनीतिक सम्बन्ध बिग्रिएको छ नै अन्तर्राष्ट्रिय मञ्चमा समेत विरोध भइरहेको छ।

असोज ६, २०८० शनिबार १५:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।