अमेरिकाबाट चीन पुगे प्रचण्ड, चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

अमेरिकाबाट चीन पुगे प्रचण्ड, चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणका लागि आज (शनिबार) चीन पुगेका छन्।

चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासन मन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर अमेरिकाको न्युयोर्कबाट सोझै चीन पुगेका हुन्। दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री एनपी साउद लगायतका सदस्यहरू छन्। 

दाहलले सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्ने छन्। उनीहरूबीच उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यसपछि दाहल चीनको राजधानी सहर बेइजिङ जानेछन्। जहाँ उनले चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

असोज ६, २०८० शनिबार १३:२४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।