क्यानको सचिव बन्न पारसलाई पूर्व कार्यवाहक सचिव मल्लको चुनौती
काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा स्टार क्रिकेटर पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदका लागि उम्मेदवारी दिएका छन्।
तर क्यानको जारी केन्द्रीय चुनावमा सचिव बन्न पारसलाई क्यानकै पूर्व कार्यवाहक सचिव तथा केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले चुनौती दिएका छन्।
मल्लले पारस खड्काविरुद्ध सचिव पदमा उम्मेदवारी दिएका हुन्। क्यानले आयोजना गरेको नेपाल टी-२० लिग म्याच फिक्सिङका कारण विवादित बनेपछि मल्लले कार्यवाहक सचिवको पदबाट राजीनामा दिएका थिए।
पारस भने निर्विरोध निर्वाचित भएका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकै प्यानलबाट लड्दै छन्।
असोज ६, २०८० शनिबार १२:५४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।