लोभ गरेर धन कमाउन मात्र लाग्दा हाम्रो जीवन दुखी भएको छ, योग गरौं : राष्ट्रपति पौडेल

लोभ गरेर धन कमाउन मात्र लाग्दा हाम्रो जीवन दुखी भएको छ, योग गरौं : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योग अभ्यास आवश्यक रहेको बताएका छन्। 

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहमा उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए।

‘जीवनलाई सुखी बनाउन, शरीर, तन, मन स्वस्थ राख्न तथा तनावबाट मुक्त हुनका लागि पनि योगको आवश्यकता छ,’ उनले भने। 

धन दौलत कमाएर, लोभ गरेर, आसक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखी बनाएको जनाउँदै उनले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिए।

चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे।

असोज ६, २०८० शनिबार ०९:५४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।