एनआईसी एसिया बैंकको वार्षिक साधारण सभा असोज २८ गते हुने
काठमाडौं : एनआईसी एसिया बैंकको वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ।
बैंकको ६३० औं संचालक समितिको बैठकले बैंकको २६ औं वार्षिक साधारण सभा उक्त दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने निर्णय गरेको हो।
साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ।
साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ।
वार्षिक साधारण सभालाई ध्यानमा राखी असोज १६ देखि २८ गतेसम्म बैंकको सेयर दाखिल खारेज दर्ता बन्द रहनेछ।
असोज ६, २०८० शनिबार ०९:४३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।