दीपकराज गिरीको सुझाव : राजनीति गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरौं, आधा समस्या सकिन्छ
काठमाडौं : कलाकार दीपकराज गिरी राजनीतिमा निकै चाख राख्ने गर्छन्। उनी आफूलाई मनमा लागेको कुरा प्याच्च बोल्ने र सामाजिक सञ्जालमा लेख्न पनि माहिर छन्।
उनले सामाजिक सञ्जालमा लेखेकै भरमा निकै गाली समेत खाने गरेका छन्। तर, उनलाई ती गालीहरूले छुँदैन।
दीपकराज पछिल्लो समय राजनीति गर्न लाइसेन्स लिने व्यवस्था गरे देशको आधा समस्या समाधान हुने बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राजनीति गर्न लाइसेन्स लिनु पर्ने सिस्टमको विकास गरौं। त्यो बाहेक अन्यले राजनीति गरे कारबाही हुने हो भने यो देशको आधा समस्या सकिन्छ।’
असोज ६, २०८० शनिबार ०८:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।