मुगुको गमगढी बजारमा आगलागी, ८ घर जलेर ध्वस्त

मुगुको गमगढी बजारमा आगलागी, ८ घर जलेर ध्वस्त
सांकेतिक तस्बिर

काठमाडौं : गए राति मुगुको गमगढी बजारमा ठूलो आगलागी भएको छ। उक्त आगलागीमा ८ वटा घर जलेर ध्वस्त भएको छ।

राति करिब १:३० बजेतिर आगो सल्केको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए। यसपछि आगो अन्य घरमा सर्दा ८ घर पूर्ण रुपमा ध्वस्त भएका थिए।

करिब ४ घन्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

गमगढीमा पटक-पटक आगलागीका घटना हुने गरेको छ।

असोज ६, २०८० शनिबार ०७:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।