राहत शिक्षक केन्द्रीय समितिले भन्यो- सरकारसँग शिक्षक महासंघ निरीह बन्यो, सडक आन्दोलन यथावत् रहन्छ

राहत शिक्षक केन्द्रीय समितिले भन्यो- सरकारसँग शिक्षक महासंघ निरीह बन्यो, सडक आन्दोलन यथावत् रहन्छ

काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई चार लाख शिक्षक, कर्मचारीमाथिको भद्दा मजाक, धोखा र अपमान भनेको छ।

समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले निकालेको विज्ञप्तिमा महासंघ र सरकारबीच सहमतिलाई अपमानको रूपमा चित्रण गर्दै सडक आन्दोलन यथावत रहेको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘चार लाख शिक्षक कर्मचारीमाथिको भद्दा मजाक, धोखा, अपमान, आम शिक्षक कर्मचारीलाई गुमराहमा राख्ने र झारो टार्ने गरि सार्वजनिक भएको सहमति घोर आपत्तिजनक रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिको ठहर रहेकोले चालु सडक आन्दोलन यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गर्दै यो विज्ञप्ति जारी गरिएको
छ।’

सामुदायिक विद्यालयमा कार्यरत ४० हजार राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि अधिकतम प्रयास गर्दा समेत शिक्षक महासंघका केही पदाधिकारीको निरिहताको अगाडी समस्या समाधान नहुने परिस्थिति सिर्जना भएको विज्ञप्तिमा भनिएको छ।

वार्ताको शिलसिलामा सुनियोजित ढंगले सिर्जित परिस्थीतीले सम्पूर्ण शिक्षक कर्मचारीको अपमान हुने र राहत शिक्षकको न्यायोचित स्थायी व्यवस्थापन नहुने भएपछि केन्द्रीय अध्यक्षले वार्ता बहिस्कार गरि बाहिरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

असोज ५, २०८० शुक्रबार २२:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।