उकेरा टप फाइभ : कुलेन्द्रको प्रिय दश सुरदेखि जेन्डर फ्ल्युइड एलिजको अनुभवसम्म

उकेरा टप फाइभ : कुलेन्द्रको प्रिय दश सुरदेखि जेन्डर फ्ल्युइड एलिजको अनुभवसम्म

काठमाडौं : शुक्रबार आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भयो। उनीहरूले त्यो छ बँुदामा विभिन्न उपबुँदाहरू छन्। असोज ३ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन थालेका शिक्षकहरूले सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भए। यद्यपि राहत शिक्षकहरूले भने यो सहमतिबाट असन्तुष्टि जनाए।

राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनतर्फ लागेका छन्। राष्ट्रपति सी जिन पिङको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ लागेका हुन्। त्यहाँ उनले शनिबारबाट सुरु हुने १९औं एसियाली खेलुकदम सहभागी हुँदैछन्।

शुक्रबारै नेपाल क्रिकेट संघ (क्यान)को भावि नेतृत्वका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ। अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् भने उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौति दिँदैछन्।

अब लागौं उकेरा टप फाइभः
उकेराले शुक्रबार नेपाली युवापुस्ता माझ एक चर्चित गायक तथा संगीतकार कुलेन्द्र विश्वकर्माको प्रिय दश सुरबारे लेख्यो। समाचारमा स्रोता तथा दर्शकमाझ थुप्रै हिट गीत दिइसकेका उनले आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीत यसरी छनोट गरेका छन्।
पूरा समाचारः संगीतकार कुलेन्द्र विश्वकर्माका प्रिय १० सुरः रामजी खाँडले गाएको सबैभन्दा मीठो गीत नै त्यही हो जस्तो लाग्छ मलाई

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ मध्यमधार प्रसतुत गर्यो। जसमा फेसन डिजाइनर एलिजले आफ्नो अनुभव बताए। आफू ‘जेन्डर फ्ल्युइड’ हुँ भन्ने थाहा पाउनै उनका लागि वर्षौ लागेको उनको अनुभव छ।
पूरा समाचारः मध्यमधारः फेसन डिजाइनर एलिजलाई आफू ‘जेन्डर फ्ल्युइड’ हुँ भन्ने थाहा पाउनै वर्षौं लाग्यो

साँझपख उकेराले बाल सुधार गृह बिगार गृहमा परिणत हुँदै गएको समाचार लेख्यो। कुनै अपराधमा संलग्न रहेको वा दोषी ठहर भएका १८ वर्ष मुनिका किशोर किशोरीलाई कारागारमा राख्न मिल्दैन। बालबालिका सम्बन्धी ऐन २०४८ ले कानुनको विवादमा परेका बालबालिकालाई सुधार गर्न सुधार गृहमा राख्ने पर्ने प्रबन्ध गरेको छ।
पूरा समाचारः ‘बिगार गृह’ बन्दै बाल सुधार गृहः बढ्दैछ झडप, भौतिक संरचनाको विजोग

राति उकेराले सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको समाचार लेख्यो। सरकारको तर्फबाट शिक्षा सचिव सुरेश अधिकारी र महासंघतर्फबाट अध्यक्ष कमला तुलाधरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
पूरा समाचारः यस्तो छ सरकार र शिक्षकबीच भएको सहमतिको पूर्णपाठ

​​​​​​​

उकेराले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ को खेल तालिका सार्वजनिक भएको समाचार लेख्यो। प्रतियोगिता १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म श्रीलंकामा हुने तय भएको आईसीसीले जनाएको छ।
पूरा समाचारः आईसीसी यू-१९ विश्वकपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल न्यूजिल्याण्डसँग

​​​​​​​​​​​​​​

असोज ५, २०८० शुक्रबार २१:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।