हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिम

हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिम

काठमाडौं : बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिम भएको छ।

प्रदेशका १३ जिल्लामा शिक्षा, स्वास्थ, कृषि, पशु र कम्पुटर प्राविधिक गरि ५ क्षेत्रका १३४ जना कार्यरत छन्।

संघीय सरकारको ससर्त कार्यक्रम अन्तर्गत ११९ र बाकी युवा परिषदको स्वयंसेवक कार्यक्रम अन्तर्गत १५ जना रहेका छन्।

स्थानीय तहको मागको आधारमा निर्वाह भत्ता लीने गरी स्वयंसेवक स्थानीय क्षेत्रमा खटिएका छन्।

परिषद् मातहत रहेका स्वयंसेवक हरुले भर्खर मात्र विकराल रूपमा देखा परेको लम्पीस्किन रोग रोकथाममा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिन्ने बताए।

हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवाहरुलाई बिदेश होइन स्वदेशमानै टिकाउने काम गर्ने उनले बताए।

बागमती प्रदेशमा सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन लागिएको बताउँदै उनले भने, ‘समुदायमा आधारित कृषि उत्पादनमा जोड दिदै अनुदान पनि दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा लागेका छौँ।’

अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी दिइने उनले बताए।  उत्पादन वृद्धिका लागि कृषि र पशु प्राविधिकहरूको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री जम्मकट्टेलले बताए।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सकेको सहयोग गर्ने बताए।

युवा स्वयंसेवकहरूले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेकोमा आफुखुसी रहेको बताए। नामनै स्वयंसेवक रहेकाले त्यही अनुसार काम गर्नुपर्ने बताए।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गर्नुभएकोमा धन्यवाद व्यक्त गरे।

युवाहरूलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उदेस्यका साथ स्वयंसेवकहरूले काम गरेको बताए।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भिष्मकुमारभुसालको आतिथ्यता रहेको थियो।

असोज ५, २०८० शुक्रबार २१:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।