१९औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

१९औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौं : १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ।

समूह ’डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गरेको हो।

नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्ने छ। त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ।

चीनको हान्झाउमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ। 

असोज ५, २०८० शुक्रबार १६:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।