प्रहरीको व्यवहार र सोचमा परिवर्तन हुन आवश्यक छ : महानिरीक्षक कुँवर

प्रहरीको व्यवहार र सोचमा परिवर्तन हुन आवश्यक छ : महानिरीक्षक कुँवर
फाईल फोटो

भरतपुर :  प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार र सोचमा परिवर्तन आउन आवश्यक रहेको बताएका छन्।

शुक्रबार आज नेपाल प्रहरी जुनियर अधिकृत शिक्षालय भरतपुरले आयोजना गरेको १७८औँ समूहको दीक्षान्त समारोहमा बोल्दै उनले प्रहरीको जिवन तनाव, दबाव र चुनौतीपूर्ण रहेको बताए।

उनले भने, ‘प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ। सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ।’

उनले कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको समेत उल्लेख गरे।

राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबेतहका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए।

असोज ५, २०८० शुक्रबार १५:०४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।