शिक्षक आन्दोलनका क्रममा सिंहदरबारभित्रै घुसेपछि ११ जना माओवादी कार्यकर्ता पक्राउ

शिक्षक आन्दोलनका क्रममा सिंहदरबारभित्रै घुसेपछि ११ जना माओवादी कार्यकर्ता पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं : सदनमा दर्ता भएको बिद्यालय शिक्षा विधेयकप्रति अशन्तुष्ट नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा माओवादी निकट वैद्य विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

शान्तिपूर्ण आन्दोलनका क्रममा  निषेधित घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेपछि उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

शिक्षा विधेयकविरुद्ध १८ बुँदे माग अघि सार्दै देशभरका करिब २७ हाजार शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन्। 

आन्दोलनको आज तेस्रो दिन  शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु पनि सहभागी  थिए। 

असोज ५, २०८० शुक्रबार १४:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।