प्रधानमन्त्री प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

प्रधानमन्त्री प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदै छन्। 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै चीनको हाङजाओ जान लागेका हुन्।

एक साता लामो चीन भ्रमणका लागि न्युयोर्कको स्थानीय समयअनुसार राति १ बजेको फ्लाइटमा चीन प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रचण्ड चीन भ्रमणका जान लागेका हुन्। चीन भ्रमणका क्रममा प्रचण्डले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गर्ने कार्यतालिका छ।

साथै प्रचण्ड १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुने छन्।

असोज ५, २०८० शुक्रबार १३:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।