दौरा सुरुवाल लगाएर अमेरिकी राष्ट्रपति वाइडेनलाई भेटे प्रचण्डले

दौरा सुरुवाल लगाएर अमेरिकी राष्ट्रपति वाइडेनलाई भेटे प्रचण्डले

काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ। 

सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल पनि सहभागी थिए। राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री दाहालले नेपाली पोसाक दौरा सुरुवाल र भादगाउँले टोपी लगाएका थिए।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपाली पोसाक दौरा सुरुवाल नलगाएको भनेर उनको आलोचना भएको थियो।

 

असोज ५, २०८० शुक्रबार १३:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।