क्यानको अध्यक्षमा विनयराजले चतुर बहादुरलाई टक्कर दिने
काठमाडौं : बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानको चुनावी साधारण सभा आज (शुक्रबार) देखि सुरु हुँदै छ।
यो पटक पनि नयाँ नेतृत्वमा हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना रहेकोमा भण्डारीले चन्दलाई टक्कर दिने निर्णय गरेका हुन्।
जिल्ला र प्रदेशको चुनावपछि पूर्व कप्तान पारस खड्का सहितलाई लिएर चन्द प्यानलै बनाएर चुनावी मैदानमा उत्रदैछन्। उनकै प्यानलबाट पारस भने सचिवमा उठ्ने तयारीमा रहेको बताइएको छ।
दुई दिने साधारण सभामा पहिलो दिन बन्द सत्र तथा दोस्रो दिन शनिबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।
असोज ५, २०८० शुक्रबार १२:५४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।