टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीच ऊर्जा प्रवर्द्धनका लागि सहकार्य
काठमाडौं : टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरईएल) र दुगड पावरबीच नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सहकार्य भएको छ।
नेपालमा द्रुत रुपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टीटीआरइएलको रणनैतिक प्रवेशलाई यो सहकार्यले बढावा दिई दीगो विकासका लागि आधार तयार गर्ने दुवै पक्षको भनाइ छ।
भारतको टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरईएल हो।
‘यस एकताले दुगड पावरलाई दिगो ऊर्जा उत्पादनमा कोशेढुंगा बन्नमा मद्दत गर्नेछ’ दुवै पक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
टाटा पावर नवीकरणीय ऊर्जाका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले दुवै कम्पनीसँग रहेका स्रोत र विज्ञताको एकताले नवीकरणीय दिगो ऊर्जाको खपत र प्रणालीमा योगदान पुग्ने बताए।
दुगड पावरका व्यवस्थापकीय निर्देशक अभिषेक दुगडले नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पु¥याउने विषयमा आफूहरु प्रतिवद्ध रहेको बताए।
असोज ५, २०८० शुक्रबार १२:१७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।