क्यान निर्वाचन : सचिवमा उठ्ने तयारीमा पारस, अध्यक्षमा चतुरबहादुर नै दोहोरिने सम्भावना
काठमाडौं : नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा आज (शुक्रबार) देखि सुरु हुँदै छ।
क्यानका अनुसार दुई दिने साधारण सभामा पहिलो दिन बन्द सत्र तथा दोस्रो दिन शनिबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।
नयाँ नेतृत्वमा पनि क्यानका हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना देखिएको छ। जिल्ला र प्रदेशको चुनावपछि पूर्व कप्तान पारस खड्का सहितलाई लिएर उनी प्यानलै बनाएर चुनावी मैदानमा उत्रदैछन्।
उनकै प्यानलबाट पारस भने सचिवमा उठ्ने तयारीमा रहेको बताइएको छ। स्रोतका अनुसार पारस सचिवमा उठ्ने लगभग पक्का भएको छ।
क्यानको नयाँ नेतृत्वमा १७ सदस्यीय केन्द्रीय कार्य समिति रहने छ। जसका लागि ८६ जनाले मतदान गर्नेछन्।
साधारण सभा काठमाडौंको बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा शुक्रबार दिउँसो १२:३० बजे सुरु हुने जनाइएको छ।
असोज ५, २०८० शुक्रबार १२:२०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।